जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न

जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा एक कार्यक्रमबीच जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न भएको हो । जिनियस म्युजिक कम्पनीद्वारा आयोजित अवार्ड समारोहमा ४८ विधामा गीत सङ्गीतकर्मीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा ‘जननी जन्मभूमी’ बोलको गीतबाट गायक रमेश दाहाल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए । सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारको अवार्ड ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ गीतबाट शम्भूजीत बास्कोटाले पाए । त्यस्तै सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी’ गीतका लागि बी पाण्डेले पाए । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिन’ बोलको गीतका लागि सर्वोत्कृष्ट सङ्गीत संयोजक घोषित भए ।

यसरी पप, आधुनिक, लोक दोहोरी, तामाङ सेलो, मौलिक तीज गीतलगायत विधाका लागि सर्वोत्कृष्ट गायक, गायिका, गीतकार, सङ्गीतकार, संयोजक, सम्पादक घोषणा भएका थिए । आयोजकले वर्ष २०७५ मा सार्वजनिक भएका विभिन्न विधाका सङ्गीतकर्मीहरुलाई पुरस्कृत गरेको हो ।त्यस्तै म्युजिक भिडियोका लागि सर्वोत्कृष्ट निर्देशक, महिला तथा पुरुष मोडलको अवार्ड समेत वितरण गरिएको थियो । ‘सालको पात टपरी’ गीतले पब्लिक च्वाइस अवार्ड चुम्यो । चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते । सोही गीतबा अञ्जु पन्त सर्वोत्कृष्ट गायिका ठहरिइन् । त्यस्तै नेपाली गीत–सङ्गीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याएको भन्दै सङ्गीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशीसहित जिनियस दीर्घ साधना सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ