सुरक्षाको माग राख्दै मिडियामा सरिता ,आखिर कस्यो गर्दैछ हानी सरितालाइ ?... (भिडियो सहित)

यहि जेठ २५ गते हुने भनिएको नेपाल चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो एजेन्डा र गुनासो राख्दै राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । कलाकार सरिता लामिछानेको पत्रकार सम्मेलनमा नायिका गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाको बिशेष उपस्थित रहेका थिए भने यी उपस्थित तिनै जना नायिकाहरुले महिलाको नेतृत्वलाइ साथ दिदै अन्य कलाकार तथा पत्रकारहौर्लाई पनि साथ दिन आग्रह गरे । पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् ।  

करिब २५ बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताउदै उनले यस कलाकारिता क्षेत्रका अग्रजहरु र त्यी गैरकलाकारको संज्ञा दिदै बार बार मानशिक तनाब दिनेप्रति उनको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ कार्यक्रममा उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’ 


सरितालाई साथ दिनका लागि आएकी नायिका गौरी मल्लले चलचित्र कलाकार संघमा यस्तो अवस्था आउनु आफैमा दुखद कुरा भएको बताइन् र नायिका करिश्मा मानन्धरले पनि महिला नेतृत्व कलाकार संघमा आउन लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिन् । उनले भनिन्–‘सरिता लामिछाने कलाकार हुन् या होइनन् भनेर कसैले भनिराख्न पर्दैन । कोही व्यक्ति म कुनै संस्थाको नेतृत्व गर्छु भनेर आउँछ भने त्यसमा साथ दिन पर्छ । यो मैले पनि गर्न सकिनँ र अहिलेका कलाकारले पनि गर्न सक्दैनन् ।’ नायिका रेखा थापाले चलचित्र क्षेत्रमा महिलामाथि विभेद भएको भन्दै यसका लागि महिला नेतृत्व आउनपर्ने बताइन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस