इदको अवसरमा मलेसिया कार्यक्रमको लागि गएका चार नेपाली कलाकार पक्राउ

मलेसिया । इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु पक्राउ परेका छन् ।साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका कलाकारहरुलाई यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट आएका कलाकारसमेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो । कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु त्रसित बनेको थियो । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।
साभार : नागरिक खबर 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मिलन चाम्सका अनुसार मिमनेपाल बिरुद्द मुद्दा बारे बजारमा ‘गलत हल्ला फैलाइयो’ ।

  • २९ जेठ, २०७६

चलचित्र ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले एक युट्य़ुबमा अपशब्द प्रयोग गरि कसैको चरित्र,जातीय र धर्मको बारे बोल्दै एक भिडियो सार्वजनिक गरेको

४० करोड लगानीमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै

  • २९ जेठ, २०७६

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा

नेहा कक्करको कार्यक्रमका आयोजक दिपक घिमिरे सहित ३ जना पक्राउ

  • २६ जेठ, २०७६

ठगी आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन्। भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी