श्रीमती सुनिता गुरुङको पहलमा बेल्जियमबाट रबी लामिछानेको रास्कोट अस्पताल निर्माणलाइ करिब साढे १६ लाख सहयोग ।

कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने "रासकोट सामुदायिक अस्पातल" का लागि बेल्जियमबाट करीब सोह्र लाख रुपयाको सहयोग संकलन भएको छ । बेल्जियम निबासी सुनिता गुरुङ धिताल र गायक नारायण धितालको सकृयतामा संकलन भएको उक्त रकम  अस्पातलको निर्माणका संयोजक तथा चर्चित पत्रकार रबी लामिछानेलाई छिट्टै हस्तान्तरन गरिने जानकरी अभियानकर्ता सुनिता गुरुंगले जानकारी दिएका छन  । संकंलन भएको रकमको बारेमा जानकारी र सहयोग दाताहरुलाई धन्यवाद दिन एक पत्रकार सम्मेलन गर्दै  सम्पूर्णलाइ जानकारी गराउदै सहयोगी मनहरुलाई सम्मान र धन्यबाद समेत दिईएको छ ।

गैर आबासीय नेपाली संघ बेल्जियमको कार्यालयमा आयोजित कार्यक्रममा गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल,अाइसिसिस सद्स्य त्रय पदम गुरुङ , सरु चापागाई र लीला शर्मा मानन्धर लगायत बिभिन्न सामाजिक र बैचारिक संघ संस्थाहरुका पदाधिकारीहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रममा गायक नारायण धितालले कालिकोट जस्तो बिकट जिल्लामा औषधी उपाचारको अभाबमा त्यहाका स्थानीय जनताले भोगी रहेको कठिनाई र उनीहरुको पिडा महशुस गरी एक लाख नेपाली सहयोग गर्न चाहेको कुरा अरु साथीहरुलाई सुनाउदा यस्तो पवित्र कामका लागि हामी पनि सहयोग गर्न चाहन्छौ भनी शुरु भएको यस अभियानमा अहिले  संस्थागत र ब्यक्तिगत रुपमा सहयोग प्राप्त हुँदै जादा करीब साँढे सोह्र लाख रकम संकलन भएको  छ । 

एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमद्वारा संचालित उक्त कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अबिभाबक ब्रह्मादत्त वाग्लेले सबै सहयोगदाता र सहयोग संकलनको अगुवाइ गर्ने धिताल जोडीलाई धन्यवाद समेत दिएका छन । समाजसेवीमा सधै अगाडी रहने र समाजसेवी गर्दै आईरहेकी सुनिता गुरुङले सहयोग अभियानमा सहभागि सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै परोपकारी काममा सबै सँग हातेमालो गर्न सकियोस भनी कामना समेत गरेका छन र उनले कार्यक्रमकै बीचमा  चन्दादाताहरुको नाम , सहयोग रकम सहितको विवरण पत्रकारहरु ओम शर्मा र डिल्ली आमाइलाई हस्तातरण समेत गरेका छन   ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक