मौरिसस जान विमानस्थल पुगेका १६ नेपालीलाई अध्यागमनले पासपोर्ट जफत गरेर फिर्ता पठायो

रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जान भन्दै विमानस्थल पुगेका नेपालीलाई फिर्ता पठाइएको हो । उनीहरुको पासपोर्ट समेत विभागले जफत गरी अनुसन्धानमा पठाएको छ ।

 

मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ । गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दीपक रिजालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक