इटहरीका मेयर द्वारीकलाल चौधरी कान समातेर सयपटक उठबस गर्न तयार

पत्रकारमाथि भएको धम्कीको अनि दुर्ब्यबहारको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सच्चिन तयार रहेको उल्लेख गरेको छ । मिसन टोलीले प्रतिवेदन सार्वजनिक गर्दै यस्तो उल्लेख गरिएको जनाएको छ । टोलीले तयार पारेको संक्षिप्त निष्कर्षमा भनिएको छ, मेयर चौधरीले गलत अभिव्क्ति दिएको स्वीकार गर्दै सच्चिन तयार रहेकाले सार्वजनिकस्थलमा गएर कान समातेर सयपटक उठबस गर्न तयार बताएका छन्। पत्रकार महासंघ प्रदेश समितीले गठन गरेको मिसन टोलीले ३ दिन लगाएर प्रतिवेदन तयार पारेको हो । गत जेष्ठ २१ गते मेयर चौधरीले पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न एक करोड छुट्याएको र आफ्नो ज्यानको सुरक्षा गर्नु भन्दै धक्की दिएका थिए । सो अभिब्यक्ति पनि मेयरको आलोचना समेत भएको थियो । सो घटना पछि नेपाल पत्रकार महासंघले मिसन टोली गठन गरेको थियो।

 

महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेको संयोजकत्वमा बनेको ४ सदस्यीय मिसन टोलीले जेठ २८ गते प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनको सारांश सार्वजनिक गरेको टोलीले विस्तृत विवरण चाँडै उपलब्ध गराउने बताएको छ। मिसन टोलीसँगको कुराकानीमा मेयर चौधरीले आफू पेरस स्वतन्त्रता र पत्रकारिता जगतसँग मिलेर काम गर्न तयार रहेको र आफूले गलत अभिव्यक्ति दिएको स्वीकार गरेका छन्। आफ्नो गल्ती सच्याउँदै उनले ‘कान समातेर सयपटक उठबस गर्नपनि तयार’ रहेको बताए।

साथै पत्रकारले पनि आफ्नो आचारसंहिताको ख्याल नगर्दा सम्पूर्ण पत्रकारिता जगत नै आलोचित भइरहेको टोलीको ठहर छ। त्यलाई शुद्धीकरण गर्न पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले विषेश तालिमको आयोजना गर्नुपर्ने टोलीले सुझाव दिएको छ। पत्रकारले पनि होच्याउने र अशिष्ट प्रश्न गर्ने बानी त्याग्नुपर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिपणी नगर्न टोलीले सुझाब दिएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक