सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा आगालागी

पर्वत । विसं २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको क्षेत्रको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमासमेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिनुभयो ।

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको हो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । झण्डै ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिनुभयो । तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक