मिलन चाम्सका अनुसार मिमनेपाल बिरुद्द मुद्दा बारे बजारमा ‘गलत हल्ला फैलाइयो’ ।


चलचित्र ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले एक युट्य़ुबमा अपशब्द प्रयोग गरि कसैको चरित्र,जातीय र धर्मको बारे बोल्दै एक भिडियो सार्वजनिक गरेको भन्दै मिम नेपालका एक कार्यक्रम संचालकलाइ अपराधको मुद्दा चलेको थियो र प्रहरीले मुद्दाकै आधारमा उक्त कार्यक्रम संचालक र मिम नेपाललाइ समाटेर कानुनी प्रक्रिया समेत शुरु गरेको थियो तर मिम  नेपालका हाकिम भने धरौटीमा छुटेको थियो । कार्यक्रम संचालक प्रनेश गौतमले व्यांग्यात्मक तरिकाले ‘बीर विक्रम २’को समिक्षा गरेर मिम नेपाल युट्य़ूब च्यानलमा अपलोड गरेका थिए भने उनले चलचित्र र कलाकारको अभिनयमा कुनै दम नभएको र कुन कलाकारको शारीरिक बनौट ,अभिनयको बारे उल्लेख गर्दै समिक्षा गरेका थिए । जनु समिक्षाको कारण व्यावसाय र कलाकारको मानहानी भएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्सले मिम नेपाल विरुद्ध उजुरी गरेका थिए । तर मुद्दा र कुरा अलिक गम्भीर हुदै गएको र विभिन्न टिका टिप्पणीको साथै निकै नकारात्मक प्रतिक्रियाहरु आएकोले बिशेष कुरा के हो र आखिर किन यस बिषयलाइ यसरी अर्कै दिशातिर लगिदै छ भन्ने चिन्ताले आज बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरि प्रस्ट पारिएको छ र  निर्देशक चाम्सले प्रेसमिट गर्दै घटना बारे थप जानकारी समेत दिएका छन् । 

कार्यक्रममा चलचित्रको निर्माता तथा निर्देशक मिलन चाम्स ,नरेश भट्टराई ,राजकुमार राई,सन्दिप सापकोटा ,कालीप्रसाद रिजालको पस्थिति रहेको थियो भने कार्यक्रममा बोल्दै मिलन चाम्सले आफु र प्रनेश गौतमले छलफल गरि एक गल्तिको सजाय स्वरुप मात्र चेतावनी दिने हिसाबले यो मुद्दा पेश गरिएको हो र गल्तिको सजाय स्वरुप माफ माग्दा मुद्दा फिर्ता समेत लिने र रिहाई गर्ने समेत प्रक्रियामा रहेको बताएको छ भने अहिले केहि समय यता विभिन्न राजनितिया व्यक्तित्वहरुले समेत बिशेष कुरा के हो भनि नबुझी एउटा मजाकको रुपमा लिएर मुद्दा हान्नु नै गलत हो भन्ने टिकाटिप्पणी गरेको हुदा आफु दुखि समेत रहेको चलचित्रको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । साथै गलत समाचार संप्रेषण गरि बिकृति फैलिएको र कुरै नबुझी टिकाटिप्पणी गरिएको भन्दै कुरा समेत प्रस्ट पारेका छ । मिलन चाम्सले बताए अनुसार गत सोमबार रिहाई गर्न चौकी पुगिसकेको तर मिम नेपालका अरु प्रतिनिधि पात्रहरुले गरेको ब्यबहार र बोलिले कुरा बिग्रेका कारण प्रनेश अझ थप केहि दिनको लागि हिरासतमै रहेको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त