मिमनेपाल बिरुद्द मुद्दा बारे बजारमा ‘गलत हल्ला फैलाइयो’ मिलन चाम्स ...(भिडियो सहित )

चलचित्र ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले एक युट्य़ुबमा अपशब्द प्रयोग गरि कसैको चरित्र,जातीय र धर्मको बारे बोल्दै एक भिडियो सार्वजनिक गरेको भन्दै मिम नेपालका एक कार्यक्रम संचालकलाइ अपराधको मुद्दा चलेको थियो र प्रहरीले मुद्दाकै आधारमा उक्त कार्यक्रम संचालक र मिम नेपाललाइ समाटेर कानुनी प्रक्रिया समेत शुरु गरेको थियो तर मिम  नेपालका हाकिम भने धरौटीमा छुटेको थियो । कार्यक्रम संचालक प्रनेश गौतमले व्यांग्यात्मक तरिकाले ‘बीर विक्रम २’को समिक्षा गरेर मिम नेपाल युट्य़ूब च्यानलमा अपलोड गरेका थिए भने उनले चलचित्र र कलाकारको अभिनयमा कुनै दम नभएको र कुन कलाकारको शारीरिक बनौट ,अभिनयको बारे उल्लेख गर्दै समिक्षा गरेका थिए । जनु समिक्षाको कारण व्यावसाय र कलाकारको मानहानी भएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्सले मिम नेपाल विरुद्ध उजुरी गरेका थिए । तर मुद्दा र कुरा अलिक गम्भीर हुदै गएको र विभिन्न टिका टिप्पणीको साथै निकै नकारात्मक प्रतिक्रियाहरु आएकोले बिशेष कुरा के हो र आखिर किन यस बिषयलाइ यसरी अर्कै दिशातिर लगिदै छ भन्ने चिन्ताले आज बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरि प्रस्ट पारिएको छ र  निर्देशक चाम्सले प्रेसमिट गर्दै घटना बारे थप जानकारी समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।