शालिकराम घिमिरे र गायक शशि बिक्रम थापाको भजन संग्रह त्रिवेणी भाग १ र २ को बिमोचन

संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशि बिक्रम थापाको एकल आवाजमा रहेका दुइ भजन एल्वमको बिहिबार एक भव्य कार्यक्रम आयोजना गरि बिमोचन गरिएको छ । बरिष्ठ साहित्यकार एवं गीतकार रत्न सम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिशेष व्यक्तित्वको उपस्थिति रहेको थियो । सार्वजनिक एल्वमका गीतलाइ बरिष्ठ कलाकार एवं साहित्यकार रत्न बेहोसिले समिक्षा गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार ले लाइभ प्रस्तुती पनि दिएका थिए । 

त्रिवेणि नाम दिइएको उक्त भजन संग्रह भाग १  र भाग २ का केहि गीतको भिडियो पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । लामो समय देखि शास्त्रिय संगीत मा सक्रिय शालिकराम घिमिरे र गायक एवं संगीतकार शशि बिक्रम थापा ले सयुक्त रुपमा यी एल्वम बजारमा ल्याएका हुन् । एल्वमका गीतमा जनार्दन न्यौपाने , शिवजी प्रसाद न्यौपाने , मनोहर गौतम , केशव पाठक लगायत संगीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय