‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने ट्रेलरमा आयुष्मान र शिल्पालाइ मात्र बढी प्रस्तुत गरिएको छ । नायक आयुश्मान देशराज जोशी र नायिका शिल्पा मास्के यस चलचित्रको लिड कलाकार हुन् भने यस चलचित्रमा आयुश्मान र शिल्पासँगै गौरी मल्ल, बिशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, सक्षम कृष्ण सुवेदी, लक्ष्मी गिरी, कृष्ण भक्त महर्जन लगायतको अभिनय छ ।


शुयोग गुरुङको डेब्यु निर्देशन रहेको यस चलचित्र ओपिजी फिल्म्स र एप्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ । योगेश गुरुङ, राजिभ श्रेष्ठ र राजेन्द्र मानन्धरको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा निर्देशक गुरुङ र  समीर सुनुवारको पटकथा रहेको छ । आलोक शुक्लाको छायांकन, सुयोग सोताङको संगीत, साजन सिंहको कोरियोग्राफी रहेको यस चलचित्रको यस ट्रेलर भन्दा अघि एक गीत समेत सार्वजनिक भैसकेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ