भर्खरै रिलिज चलचित्र बाँध मायालेको गीत ‘ आउने जाने ’को कभर भिडियो बनाउनुस १ लाख जित्नुहोस

प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘बाँध मायाले’को अर्को रमाइलो गीत रिलिज संगै चलचित्र निर्माण टिमले उक्त्त गीतको कबर डान्स भिडियो प्रतियोगिता घोषणा गरेको छ । यहि आउदो असोज ५ गतेलाई प्रदर्शन मिति कुरी रहेको चलचित्रको निर्माण टिमले कभर डान्स प्रतियोगिताको बिजेतालाइ नगद रु एक लाख दिने समेत घोषणा गरिएको छ  ।  

गीत ‘ आउने जाने ’ को कभर भिद्यो बनाएर सम्पूर्ण प्रतियोगीहरुलाई चलचित्र बाध मायालेको फेशबुक पेजमा भिडियो पठाऊन समेत आग्रह गरेको छ  ।  सबिर श्रेष्ठको निर्देशनमा तयार यस चलचित्रको यस रिलिज गीतमा गायिका दुर्गा खरेल,अर्जुन पोखरेल र सुरेश लामाको गायन रहेको छ भने गीतलाई लोकराज अधिकारीले शब्द रचना गरेका हुन् भने एरेन्ज महाराज थापाको रहेको छ  । 

लभ स्टोरी कथामा तयार यस चलचित्रमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ,किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ  । रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माणमा तयार चलचित्र  ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ भने चलचित्रमा काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलात्कार पछि हत्या भएको निर्मालाको सम्झनामा पिसवाक फेशनशो

  • ४ असोज, २०७५

केहि समय यता देशमा भईरहेको हत्या,  हिंशा र बलात्कारको बिरुद्दमा हुमेन ईम्पावरमेन्ट, भईस अफ हुमेन – जस्टिस फर निर्मला नामक पिसफुल थेममा फेशन शोको

दुर्गा पौडेलले जितिन मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि..

  • ४ असोज, २०७५

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको  मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन । १६ जना प्रतिस्पर्धीलाई पछि

राष्ट्रिय बक्स अफिस म्युजिक भिडियो अवार्डको नोमिनेशन सम्पन्न... ( नोमिनेशन सहित )

  • ४ असोज, २०७५

यही असोज १३ गते थाइल्याण्डमा  हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक भएको छ । आयोजक बक्सअफिस इन्टरनेशनल ग्रुप तथा