गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भएको छ ।  यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट प्रतिष्ठीत गीतकार नगेन्द्र थापालाई नगद राशि एक लाख एक रुपैयाँ राष्ट्रिय श्रस्टा सम्मान – २०७५, हङकङमा रहेका गीतकार रामकृष्ण बान्तवालाई नगद राशि एघार हजार रुपैयाँ सहित डायस्पोरा श्रस्टा सम्मान – २०७५, बर्ष गीत पुरस्कार – २०७५ डा. डि. आर. उपाध्याय र हाङयुग अज्ञात सयुक्त रूपमा एकाउन्न हजार, बर्ष गीति पुस्तक -२०७५ गौरव गुरुङ र उर्मिला कोइरालालाई सयुक्त रूपमा एकाउन्न हजार नगद राशि सहित सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई समेत पुरस्कृत गरिएको थियो ।

सङ्घका अध्यक्ष चूडामणि देवकोटा र अधिवक्ता तथा सदस्य रमेश कोइरालाले गीत सङ्गीत र साहित्यका माध्यमबाट समाजलाई सही मार्गमा डोर्याउन सङ्घले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए । ‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।

सङ्घ सल्लाहकार यादव खरेलले राष्ट्रिय स्रष्टा सम्मानबाट पुरस्कृत थापाको व्यक्तित्वका बारेमा चर्चा गर्दै उहाँ अन्तरमुखी र सहयोगी स्वभावको कलाकार भएको बताए । उनले दार्जिलिङ र नेपालको सुगम सङ्गीतलाई जोड्न महत्वपूर्ण भूमिका रहेको बताए । साहित्यकार प्रकाश सायमीले गीतकार थापाले नारायण गोपाललाई स्थापित गर्न र माधव घिमिरेलाई राष्ट्रकवि बनाउनमा समेत अग्रणी भूमिका रहेको बताए । सम्मानित गीतकार थापाले सम्मानबाट आफूलाई आन्तरिक ऊर्जा मिलेको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय