चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न भब्यताको साथ् सम्पन्न भएको छ । चलचित्र निर्देशक समाज नेपालले बिगत लामो समय देखि चलचित्र कर्ममा लागेर चलचित्र निर्देशनमा बिसेष योगदान पुर्याउने बरिष्ठ चलचित्र निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरिएको थियो । राजधानीमा सम्पन्न भएको उक्त कार्यक्रम समाजको अधक्ष्य सुचित्रा श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित, बिसेष अतिथि चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराई, नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्का, निर्माता संघका अधक्ष्य आकाश अधिकारि लगायतका अन्य बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त अवसरमा विभिन्न बक्ताहरुले बोल्दै चलचित्रकर्मीहरु एक जुट भई नेपाली चलचित्र क्षेत्रलाइ फरिकिलो पार्दै अन्तराष्ट्रिय स्तरमा लानु पर्ने तथा बिगतका दिनहरुमा चलचित्रकर्मीहरु भोग्नु परेका समस्याहरुलाई निर्मुल पार्न सबै संघ सस्थाहरु लाग्नु पर्ने कुरामा जोड दिएका थिए । उक्त अवसरमा बरिष्ट चलचित्रकर्मीहरु यादब खरेल, लक्ष्मी नाथ शर्मा, विश्व बस्नेत, देशभक्त खनाल,प्रदिप उपाध्याय लगायतका अन्य चलचित्र निर्देशकहरुलाई सम्मानसगैँ आजिवन सदस्यता प्रदान गरिएको थियो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित सम्पूर्ण सदस्यहरुलाई सफल कार्यकालको शुभकामना एवं बधाई पनि ज्ञापन समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय