‘पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न,

youthcreationnepal/photos

प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमास्थित सप्तकोशी अनलाइनको कार्यलयमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका आयोजक तथा युथ क्रीयसन नेपालका मेनेजिङ डिरेक्टर रबि लामा तामाङ्गले गराए । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए ।

यस्तै ईटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागीता भएको थियो भने जसमध्येबाट फाईनल शोको लागि ३० जना छनौट भएका छन । अडिसनमा फेसन शोको लागि ईटहरीमा नया अनुहार देखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको स्थानिय आयोजक तथा मिडिया संयोजक सुवास संकल्पले बताए । यस्तै पहिलो चरणको अडिसनबाट छुटेका तथा इच्छुक नयाहरुको लागि सप्तकोशी अनलाईनकै कार्यलयमा शोको अन्तिम अडिसन पनि पत्रकार सम्मेलन पश्चात सम्पन्न गरिएको थियो । दोश्रो तथा अन्तिम अडिसनमा १५ जनाको सहभागिता भएको थियो । अडिसनमा जर्जको रुपमा आयोजकका तर्फबाट मेनेजिङ डिरेक्टर रबि लामा, मोडल आयुष मगर, मार्टिना मेकअप स्टुडियोकि उर्बि श्रेष्ठ, मोडल तथा नायक माधब केसि र डि डिजाईनरकी मनिषा पोख्रेल रहेका थिए । पहिलो चरणको अडिसन सम्पन्न भए संगै विभिन्न सिक्येन्सका लागि तालिम भैरहेको छ भने दोश्रो चरणको अडिसनबाट छानिएकाहरुले आईतबारबाट तालिममा प्रवेश पाउनेछन । यता फाईनल शो यसै असारको २७ गते हुँदै छ ।

मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुने आयोजकले बताए । शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए । शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नया स्वाद दिनेछन । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित स्थानिय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन शो साझ ६:३० देखि सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ