असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ । यस प्रतियोगीता कार्यक्रम यही असार २५ गते सम्पन्न हुने छ । “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथी नारायण रायमाझीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथीको रुपमा कृष्ण सुधा ढुंगाना, बद्री पंगेनी, पृथ्बी थकाली, सुवास केसी, बद्री पराजुली, शिब हमाल, दिपक खड्का, मिना बज्राचार्य, पम्फा सापकोटा, मिना खड्का, शिबहरी कार्की, कमल गाउले, उमा श्रेष्ठ, डिपी लोप्चन लगायत धेरै कलाकारहरु रहेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए ।

यस प्रतियोगीतामा २८ वटा समुहले भाग लिएका छन् । प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छनु् भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् । दोहोरी प्रतियोगीतामा बिभिन्न संघ संस्था र ब्यक्तीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ