टिकटकमा भाईरल भएकी सुनिता जो बोल्न र सुन्न सक्दैनन् ...(भिडियो सहित )

करिब ५ दिन अघि बिबिसी न्युजमा सानो भिडियो र लेखमा रचिएर आएकी एक नेपाली चेली हुन् सुनिता थापा । जो अहिले २६ वर्षका छन र बिबिसीमा रचिए अनुसार उनि साच्चिकै सुन्न र बोल्न नसक्ने अवस्थामा रहेका छन । पश्चिम स्यांजा ९ चापाकोटमा आमा मैना थापा र बुबा कुलबहादुर थापाको कोखबाट जन्मलिएकि सुनिताको करिब १२ बर्षको कलिलो उमेरमा बिरामी परेर उनि सुन्न र बोल्न सक्ने शक्ति गुमाएको उनले बताएकी छिन । उनले बताए अनुसार उनलाई १२ बर्षको उमेर टाईफाईड भएको र सोहि बिरामीकै क्रममा उनले आफ्नो बोल्ने शक्ति र सुन्ने शक्ति गुमाएको बताउछिन ।

उनि हेर्दा निकै स्वास्थ्य अनि सम्पूर्ण गुणले भरिपूर्ण देखिन्छन तर भगवानको लिला भनौ या भाग्यमा लेखिएको एक नमिठो रेखा जसको कारण उनि बोल्न र सुन्न सक्दिनन । २६ बर्ष पुगेकी सुनिता ब्याचलर पास गरेर बसेकी छिन भने उनले बताए अनुसार उनि केहि दिन अघि मात्र जापानबात नेपाल आएकी छिन । जापान उनि अपाङ्गतामा छनौट भएर १० महिने तालिमको लागि गएर आएको उनि बताउछिन र अहिले उनि विभिन्न अपाङ्ग सस्थाहरुमा जाने र काम गर्ने समेत उनि बताउछिन । उनि हाल स्यांजाकै एक सस्था  " Member of syangja association of the deaf "मा सदस्य रहेर काम समेत गरिरहेको उनि बताउछिन । उनि यस सस्थामा काम गर्नु भन्दा अगाडी " deurali- janta pharmaceuticals pvt ltd " मा काम गरेको समेत उनले जनाकारे दिएका छन ।

सानै उमेर देखि नाच्न र गाउनमा रुचि राख्ने सुनिता हामी संग कुरा गरिरहदाको समय भरिनै अभिनयमा रुचि रहेको बताईन भने उनि भविष्यमा कसैले मौका दिए र समय र जीवनले साथ दिए हिरोइन भन्ने समेत ईच्छा रहेको बताउछिन ।  भिडियोमा उनलाई हेर्दा जो कोहि पनि उनि सुन्न र बोल्न सक्दैन भनि भन्न चाही सक्दैन । तर वास्तविक यो होइन । उनि सुन्न मात्र सक्दिनन । उनि भित्र आवाज अझै पनि रहेको छ । सायद उनले सुन्न नसक्ने भएर होला उनि बोलि पनि गुमेको सोच्ने गर्दाछिन । तर भिडियो मा हेर्नुस उनले सांकेतिक भाषा प्रयोग गरिरहेदा हरेक बाक्यमा उनको बोलि सुनिएको छ ।

केहि समय यता सामाजिक संजालमा रहेको एक एप्समा टिकटकमा भिडियो बनाउदै आईरहेकी उनि साच्चिकै अभिनयमा रुचि रहेको देखिन्छ । टिकटकको संगीत र कलासंगै आफुलाई जोदिएकि उनि कुराकानीकै बीचमा पनि छोटो र मिठो अनि आकर्षण कला देखाएकी छिन । उनले बताए अनुसार हामीले सोधेको प्रश्न नेपाली नायक को मन पर्छ भन्दा उनले अनमोल केसीको नाम लिए भने नायिकामा नम्रता श्रेष्ठको नाम लिएका छन । 

बिशेष धन्यवाद मेरोसंदेश डटकमको तर्फबाट उनको सांकेतिक भाषालाइ हाम्रो सामु प्रस्ट पर्दिने सोहि अफिसका एक दाजु निकेतन  श्रेष्ठ ज्युलाइ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)

  • ५ असोज, २०७६

रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी