चलचित्र ' एकलब्य' को एक्सन प्रधान ट्रेलर सार्वजनिक... (भिडियो सहित )

आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को ट्रेलर सोमबार दिउँसो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । अनमोल शर्माले निर्देशन गरेका चलचित्र एकलब्यको ट्रेलर एक्सन प्रधान रहेको छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।  समसामयिक बिषयमा निर्माण गरिएको सामाजिक प्रेम कथामा आधारित  यस चलचित्रमा अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन ससक्त छ । 

चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । चलचित्रलाई अनमोल शर्माले निर्देशन गरेका हुन् ।चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भ्वाइसको मंचमा बल बहादुरले गीत गाएर मन जित्दा प्रमोदले खोले कपाल

  • २ असोज, २०७६

नेपाली संगीत आकाशको गायन बिधामा अन्तराष्ट्रिय फ्रेन्चाईज शो भित्रिएपछि संगीतमा नया छलाङ मारेको बुझ्न सकिन्छ । नया प्रतिभालाई मात्र हैन गायिकीमा

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन