चलचित्र ‘यो माया कस्तो माया’को दोश्रो गीत ‘हुन्न है’ सार्वजनीक गरिएको छ । गत शनिबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण टिम र पत्रकार बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक यस चलचित्रको गीतमा चलचित्रका मुख्य नायक दिवश धिताल र नव नायिका ऋतु पौडेललाइ फिचर गरिएको छ । यस गीतमा संगीतकार तथा गायक अर्जुन पोख्रेलको संगीत , शिवानी मोक्तान तथा उद्धिपध्वज थापा को आवाज रहेको छ भने गीतमा शब्द रचना भने अम्बिका शर्माको रहेको छ ।
किशान पोखरेलको प्रस्तुति रहेको यस चलचित्रमा कार्यकारी निर्मातामा कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ , कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।
चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"
गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश
सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक
प्रतिकृया दिनुहोस