शिल्पा पोखरेलले छवि ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकि छिन ।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए। विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले बिबाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ। यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन। उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ। तर श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्। 

साभार : सेतोपाटी डटकम 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गृह मन्त्रालयद्वारा धार्मिक नेता दलाई लामाको जन्मोत्सवमा रोक

  • २१ असार, २०७६

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ

संसदीय समितिको (आइफा) अवार्ड समारोह रोक्न निर्देशन

  • १८ असार, २०७६

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न

छायाँकन नसकिदै सर्वाधिक रकम दिएर विदेशमा ‘छ माया छपक्कै’ बिक्रीमा ।

  • १८ असार, २०७६

आमा सरस्वती मुभिज र  रोहित फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’को सर्वाधिक महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको छ ।