‘सिरिन्ज आक्रमण’ आरोपमा समातिएका पाठक थुनामुक्त

 धुलिखेल जाने बसमा ‘सिरिन्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका युवक थुनामुक्त भएका छन् । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक थुनामुक्त गरिएको हो । प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो/होइन भन्ने विषय पनि निर्क्यौल भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जयराज सापकोटाका अनुसार गएराति भएको छलफलबाट दुवै पक्षबीच सहमति पनि भएपछि उनलाई हिरासतबाट निकालिएको थियो ।

प्रहरीका अनुसार अहिले पीडित महिलाको टेकुको शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि थप कारबाही गर्ने/नगर्ने भन्ने निर्क्याैल हुन्छ । धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीलाई एकाएक पाखुरामा चस्स दुखे जस्तो भएको थियो । शंकास्पद सिरिन्ज आक्रमणको समाचारहरु सुनेकी उनी आत्तिएर अगाडि पछाडि हेरिन् । नजिकै बसेका पुरुषलाई, ‘हानिस् कि क्या हो..’ भन्दै कराइन् । उनको छेउमा रहेका खगेन्द्रप्रसाद पाठकले ‘होइन’ भन्दै प्रतिवाद गरे । स्याङ्जाका पाठकले बताएअनुसार उनी धुलिखेलमा उपचाररत दाइलाई भेट्न हिँडेका थिए । एकाएक सिरिन्ज आक्रमणको आरोप लागेपछि उनी पनि डराए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साउनमा हरियो : कसरी गर्ने श्रृंगार ? सुषमा महरा ।

  • ३० असार, २०७६

असार २९, काठमाण्डौ । साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो, हरियो र पहेलो रङ आउँछ । किनकी साउन महिनामा यि तीन रङका पोषक तथा गहना लगाउने

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो

  • २८ असार, २०७६

 भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण

बाग्लुङ्ग गलकोट नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र) बन्दै

  • २८ असार, २०७६

गल्कोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृत चित्र बन्ने भएको छ । युसबी सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक