राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।


शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण गरेकी हुन् । राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्रकर्मीलाई जनही रु. २५ हजार  नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको थियो । दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीलाई तीन लनख ५१ हजार १११ रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरिएको थियो । 

वि.सं २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हात पारेका छन् । चलचित्र ‘बुलबुल’बाट पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड बाजी मारेका हुन् । यस्तै दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ उत्कृष्ट चलचित्र घोषित हुँदा उत्कृष्ट लेखन (कथा, पटकथा र संवाद)तर्फको अवार्ड सामिप्यराज तिमलसेनाले पाए । उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद’बाट विपीन कार्कीले आफ्नो पोल्टामा पर्दा ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड वाजी मारिन् । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

  • १ कार्तिक, २०७६

नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल

छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न

  • २८ असोज, २०७६

 छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न भएको छ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९

आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिले करिश्मा मानन्धर सम्मानित

  • ६ असोज, २०७६

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा