सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को यस गीतको भिडियोमा नायिका मरिश्का पोखरेललाइ फिचर गरिएको छ भने साथमा चलचित्रका नायक पिटर खालिङको साथै गायिका सरस्वतीलाइ पनि देख्न सकिन्छ ।  डेविड शंकर र सरस्वति भुजेको गायन रहेको यस गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत  रहेको छ । पोखराको मनोरम दृश्यमा खिचिएको यस गीत बास्तवमै निकै आकर्षण बनेको छ ।


  

 भदौ ६ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा  राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलको निर्देशन रहेको छ भने समसामयिक विषयमा आधारित यस चलचित्रमा  पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रलाई शिव ढकाल तथा सविन भट्टराईको छायांकन रहेको यस चलचित्रमा कमल राईको कोरियोग्राफी ,सरस्वती भुजेल तथा पिटर खालिङको निर्माण रहेको छ । चलचित्र  चलचित्रका नायक,निर्माता तथा प्रस्तुतकर्ता पिटर खालिङकै  कथा, पटकथा तथा संवाद रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’