चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन' रिलिज... (भिडियो सहित )

यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत मलाई बनायौ किन...को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल...’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो । एकलब्यको यो प्रेम भावको गीत मलाई बनायौ किन...मा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द संगीत राजेन्द्र बजगाईको हो । यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ ।

चलचित्र एकलब्यलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस