तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

फोटो : तजस्बी कलाकेन्द्र 

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स च्याम्पियनसिप २०७६ सिजन-२ तथा सांगितिक तथा नृत्य क्षेत्रका नक्षत्र वरीष्ठ कलाकारहरुलाई विशिष्ट सम्मान कार्यक्रम २०७६ आयोजना गरिएको थियो । क्रार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रबिन्द्र खडका हुनुहुन्थ्यो भने बिशिष्ट अतिथीका रुपमा काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, सोल्टिमोडका क्याम्पस प्रमुख रमेश घिमिरे तथा वरीष्ठ नायक, निर्देशक बिशाल बिष्ट हुनुहुन्थ्यो ।


कार्यक्रममा वरीष्ठ गायकहरु सचिन रौनियार, सञ्जय श्रेष्ठ, कबिन्द्र श्रेष्ठ, रबी कुमार रिमाल, गायिका बुनु राई मानन्धर, बिरेन्द्र श्रेष्ठ, उदेश श्रेष्ठ, वरीष्ठ नृत्य निर्देशक महेश्वर महर्जन, नेपालकै पहिलो वान लेग्ड डान्सर तथा कलाकार रोमा न्यौपाने, नेपालको पहिलो नेपाली जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, रङगकर्मी ठन्ड बहादुर अधिकारी आदी कलाकारहरुलाई विशिष्ट सम्मानद्वारा सम्मानित गरिएको थियो भने मिसेस टप अफ दि वर्ल्ड एलिना शाक्य तुलाधर, मिसेस टुरिजम छिरिङ्ग डोल्मा शेर्पालाई विश्वभरी नेपालको नाम राख्न सफल भएकोमा सम्मानित गरिएको थियो । त्यस्तै वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, नवनायिका सुमित्रा ढकाल तथा अन्य सहयोगी सँस्था तथा बिशिष्ट ब्यक्तित्व तथा पत्रकारहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै डान्स कम्पिटिसनको ग्राण्ड फिनाले अन्तर्गत प्रमुख निर्णायकका रुपमा कोरियोग्राफअर तथा नृत्य निर्देशक निरन्जन श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथी निर्णायकका रुपमा वरीष्ठ नृत्य निर्देशक महेश्वर महर्जन, नेपालकै पहिलो वान लेग्ड डान्सर तथा कलाकार रोमा न्यौपाने, गायिका बुनु राई मानन्धर, मिसेस टप अफ दि वर्ल्ड एलिना शाक्य तुलाधर, मिसेस टुरिजम छिरिङ्ग डोल्मा शेर्पा रहनु भएको थियो ।

 

फोटो : तजस्बी कलाकेन्द्र 

कार्यक्रमलाई टप १८ पछी १२ गर्दै क्रमश: साउथ भ्याली स्कुलका आशिस अधिकारि, साउथ भ्याली स्कुलकै रिजा खड्गी तथा मंगल् मा बि की प्रियाा राइ विनर, फर्स्ट रनर अप, सेकेन्ड रनर अपको भएका थिए भने अरु विभिन्न १५ बिधामा स्वस्तिका महर्जन, कुशल सुनार, मनिषा नेपाल, रितिका खतिवडा, सिरिषा बुढाथोकी , अंशु बुढाथोकी, नतासा महर्जन, रोशिन छिनाल, एन्जिना विश्वकर्मा, सरकार स्थापित, तृप्‍ति गुप्ता, ममता संसकर, सोनिका श्रेष्ठ, कविता पारीयार, सानीता तमाङ उचित मुल्याङ्कन गरी अवार्ड तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यस्तै सपोर्टेड गार्जेन र स्कुलको अवार्ड भने मनिषा नेपालकी आमा अमृता नेपाल र साउथ भ्याली स्कुल लाई प्रदान गरिएको कुरा तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा कार्यक्रम डाईरेक्टर सुमन कुमार श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रम गायक रबी कुमार रिमाल , हास्य कलाकार हाहायोयो महादेव त्रिपाठी, र्यापर आयुस अधिकारी, क्रिशल विश्वाकर्मा लगायतको बेजोड प्रस्तुती रहेको थियो । साथै प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काज्युले सम्ग्रमा कार्यक्रम राम्रो भएको र अझै प्रगती होस् भने शुभकामनाका साथ आफ्नो मन्त्व्य दिनु भएको थियो । त्यस्तै बिशीष्ट अतिथीका रुपमा रहनु भएका वरीष्ठ नायक तथा निर्देशक बिशाल बिष्टज्युले पनि सम्पूर्ण भाईबहिनीहरुलाई आफुले सक्दो सहयोग गर्ने र सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै सम्मानित कलाकारहरुको तर्फ बाट वरीष्ठ गायक तथा समाजसेवी सचिन रौनियार ज्युले पनि सम्पूर्ण कलाकारले यसरी सम्मानित हुन पाउदा खुशी भएको र कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।  कार्यक्रमलाई निकै रमाइलो ढंगले प्रस्तोता तथा प्रोग्राम कोर्डीनेतर सँगम रिजालले प्रस्तुत गर्नु भएको थियो ।

 

कार्यक्रमलाई काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट सोल्टीमोड, काठमाडौं इन्फोसिस एडुकेशनल कन्सल्टेन्सी पुतलिसडक, बाबा एडुकेशनल कन्सल्टेन्सी न्युरोड, किर्तिपुर नगरपालिका, किपु बस सेवा किर्तिपुर, औधोगिक शान्ती नेपाल संस्था, शुभम डेरी किर्तिपुरले प्रायोजन गरेको थियो । त्यस्तै टु इन वन टेलर्स न्युरोड, न्यु लेडिज टेलर्स पुरानो नैकापले डिजाईनिङ ड्रेस उप्लब्ध गराएको थियो ।स्कुल डान्स च्यामपियन शिपका सम्पूर्ण प्रतियोगीहरुलाई कोरियोग्राफर सविना भित्रकोटी, अनिकेत श्रीवास्त्व, पुर्व बिजेता सोनिया के सि, फर्स्ट रनर अप आक्रिती स्याङतानले कोरियोग्राफी गरेका थिए  ।  त्यस्तै आफिसियल मेक अप आर्टिस्ट मिना महर्जन, जुना राई तथा आइसा महर्जनले सम्पूर्ण नृत्य प्रतियोगिताका भाईबहिनीहरुको मेकअप तथा हेयर डिजाईनिङ गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ

किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण

  • १८ श्रावण, २०७६

सर्जक किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति