रवि लामिछानेसहित ३ जना धरौटीमा रिहा भएका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता तथा पत्रकार रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । उनीहरु विरुद्ध लागेको आरोपको भने अन्तिम फैसला भएको छैन । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार उनीहरुमाथि लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । 

पक्राउ परेका लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो । उनीहरुले धरौटी बुझाएपछि थुना मुक्त गरिनेछ । उनीहरुलाई साउन ३० गते पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूर्व युवराज पारसको जोगी बन्ने घोषणा

  • २ कार्तिक, २०७६

काठमाडौं। पूर्वयुवराज पारस शाहले आफू अब साधु बन्ने बताएका छन्। मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ।

वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा अवार्ड दिलाउछु भन्दै कलाकारलाइ सेक्स प्रस्ताव

  • २९ असोज, २०७६

अमेरिकामा हुन गइरहेको "व्लड नेपाली म्युजिक अवार्ड" का महासचिव तथा कलाकार संघ युएसए का बर्तमान अध्यक्ष सुमन बुढा मगरले आफुलाई पटक पटक इमोसनल ब्लक

राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी

  • ३० भदौ, २०७६

नेपालको चर्चित अनि लोकप्रिय र सफल गायक राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी भएको जानकारी सामाजिक संजाल फेशबुकमा प्राप्त भएको छ र साथै