धरौटीमा छुटेका रबि लामिछानेले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने भएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सिधाकुरा जनतासँग कार्यक्रम चलाउन पाउने भए पनि अदालतले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने फैसला सुनाएको छ । शालिकराम प्रकरण मुद्दा अदालतमा विचाराधीन भएकाले त्यसबारे बोल्न नपाउने भएका हुन्। न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिँदै यो प्रकरणबारे बोल्न नपाउने गरी सिधा कुरा जनतासँग कार्यक्रम चलाउन दिने निर्णय गरेको छ।

 

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूर्व युवराज पारसको जोगी बन्ने घोषणा

  • २ कार्तिक, २०७६

काठमाडौं। पूर्वयुवराज पारस शाहले आफू अब साधु बन्ने बताएका छन्। मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ।

वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा अवार्ड दिलाउछु भन्दै कलाकारलाइ सेक्स प्रस्ताव

  • २९ असोज, २०७६

अमेरिकामा हुन गइरहेको "व्लड नेपाली म्युजिक अवार्ड" का महासचिव तथा कलाकार संघ युएसए का बर्तमान अध्यक्ष सुमन बुढा मगरले आफुलाई पटक पटक इमोसनल ब्लक

राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी

  • ३० भदौ, २०७६

नेपालको चर्चित अनि लोकप्रिय र सफल गायक राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी भएको जानकारी सामाजिक संजाल फेशबुकमा प्राप्त भएको छ र साथै