चलचित्र 'पोइ पर्‍यो काले' को शीर्ष गीत रिलिज... (भिडियो सहित)

कलाकार तथा निर्देशक शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्‍यो काले' को पहिलो तथा शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको यस गीतलाई राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको सङ्गीत र नृपेश उप्रेतीको शब्द रचना रहेको छ भने गीतमा  रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको यस गीतमा चलचित्रको कलाकारहुरुमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तलाइ फिचर गरिएको छ  । 


आउदो कार्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा कथा निर्देशक राणा कै रहेको छ ।  दीपक मनाङ्गे र अ देवी राई निर्माता रहेको यस चलचित्रमा  कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार रहेको छ  । शिव ढकालले खिचेको यस चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षाका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको  गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन

रबी ओडको 'पिएर नशा ’ मा रंजित र बर्षाको रोमान्स (भिडियो सहित)

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको 'पिएर नशा ’ बोलको नयाँ गीत  यही सोमबार युट्युबमार्फत्