सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’सार्वजनीक... (भिडियो सहित)

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत 'जालमा फसायौको भाग २ ' सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष ( आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए । 'जालमा फसायौ २ ' गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् । 

'जालमा फसायौ २' मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् । प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । 

व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन÷क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन÷सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको छ । लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २६ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन

रबी ओडको 'पिएर नशा ’ मा रंजित र बर्षाको रोमान्स (भिडियो सहित)

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको 'पिएर नशा ’ बोलको नयाँ गीत  यही सोमबार युट्युबमार्फत्