पुर्पक्षका लागि थुनामा राख्न रबि सहित ३ जनालाई उच्च अदालतमा निवेदन

 पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा निवेदन दर्ता गरिएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा  निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
साभार : रातोपाटी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दोहोरिने भए चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी ।

  • १ मङ्सिर, २०७६

चलचित्र ‘ए मेरो हजुर ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।  निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्ट र नायक केसीबिच शनिबार  सम्झौता भएको हो भने

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

  • ३० कार्तिक, २०७६

चितवन । दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा माडी

महजोडीलाई ‘सूर्य रत्न सम्मान’

  • ३० कार्तिक, २०७६

वरिष्ठ हास्यकलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा