फरक प्रचार प्रसार शैलीमा ‘कबड्डी कबड्डी कबड्डी’ टिम

प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र  ‘कबड्डी कबड्डी कबड्डी’ ले आफ्नो प्रचार प्रसारलाइ तिब्र गतिमा लादै नया शैली अपनाएको छ । गीत र ट्रेलर रिलिज संगै चर्चा र प्रतिक्षामा रहेको चलचित्रको टिमले प्रचार प्रसारलाइ तिब्र गतिमा लादै नया शैली अपनाउदै " ज्ञान पनि फन पनि " भन्दै पुर्व धरानमा प्रचार प्रसारका निम्ति धरान स्थित  BP4entertainment को आयोजनामा यहि भाद्र २७ गते शुक्रबार बिधालय स्तरका बिद्यार्थीहरु बिच हाजिरी प्रतियोगिता हुन गइरहेको छ् । बिधालय स्तरका बिद्यार्थीहरुलाई नेपाली चलचित्रप्रती आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्रको अधिक जानकारी दिने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको निर्माता मनिराम पोख्रेलले जानकारी दिएका छन । 

आयोजकका अनुसार हाजिरी प्रतियोगितामा चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमबाट ४०% - कबड्डि कबड्डिबाट १०% - नेपाली सिनेमा क्षेत्रबाट ३५% र् अन्यबाट १५% प्रश्न सोधिने छ् । सोही प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई रु ५००० , मेडल , सर्टिफिकेट ,अनी ‘कबड्डी कबड्डी कबड्डी’को ५ वटा टिकेट दिइने छ् भने दोश्रो बिजेता लाई रु २०००,मेडल,सर्टिफिकेट अनि वटा ‘कबड्डी कबड्डी कबड्डी’ को टिकेट दिइने BP4 entertainment ले जनाएको छ ।  ‘कबड्डी कबड्डी कबड्डी’ भन्नासाथ चलचित्रका  निर्देशक राम बाबु गुरुङको नाम अगाडि आउने गर्दछ र मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्य भाषामार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्गले निर्देशन गरेको यस चलचित्रलाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारले संयुक्त रुपमा निर्माण गरेका छन  । चलचित्रको कथा,निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यहि असोज ३ मा सोलो रिलिजको तयारीमा  रहेको चलचित्रलाइ शैलेन्द्र डि कार्कीले छायांकन गरेका छन भने बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको छ ।चलचित्रमा नायक दयाहाङ राई र नायिका  उपासना सिंह ठकुरी,कर्मा शाक्य , विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल नेटबल संघको आयोजनामा 'दक्षिण एसियाली नेटबल च्याम्यिनसिप' हुँदै

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल

छायांकनमा लघु चलचित्र ‘सल्युट’..

  • ३१ भदौ, २०७६

चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु चलचित्र ‘सल्युट’ बन्ने भएको छ । गत शुक्रबार शुभमुहूर्त गरिएको

बिन्दु बिक बचाउ अभियानमा गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराको सहयोग

  • २९ भदौ, २०७६

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा