भक्तपुर सल्लाघारी गणेश मन्दिरबाट चलचित्र ‘सेल्फी किङ’ को शुभमुहर्त

गत २२ गते भदौमा एक कार्यक्रमको बीच औपचारिक निर्माण घोषणा गरिएको चलचित्र " ‘सेल्फी किङ’ को आज शुभमुहर्त गरिएको छ । भक्तपुरको सल्लाघारीमा रहेको गणेश मन्दिरमा पुजाआजा गर्दै चलचित्रको टिमले चलचित्रको छायांकन शुरु गरेको छ ।  शुभमुहर्त कार्यक्रममा चलचित्रको टिमसंगै कलाकारहरुमा मुख्य नायक बिपिन कार्कीको साथमा अरु सहायक कलाकारहरुको उपस्तिथी रहेको थियो भने अरु कलाकारहरु मध्ये नायिकाको उपस्तिथी रहेको थिएन कारण आज पहिलो छायांकनमा मात्र बिपिन कार्की र सहायक कलाकारको छायांकनको  पार्ट रहेकोले अरु उपस्तिथ नरहेको चलचित्रको निर्माता सुभाष थापाले जानकारी दिएका छन ।

चलचित्रलाई सफल चलचित्र " प्रसाद " का निर्माता  सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गर्ने भएको छ भने यस चलचित्रलाई बिशाल सापकोटाले डेब्यु निर्देशन गर्ने छन । सुशन प्रजापतिले छायाङ्कन र जीवन थापाले सम्पादन गर्ने यस चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । चलचित्रमा  सुवास भुसालको सङ्गीत , अन्जु पन्त र पुरुषोत्तम सुवेदीले स्वर ,निर्मल लामाको कोरियोग्राफी रहनेछ  । चलचित्रमा  कथा निर्देशक विशाल सापकोटाकै रहने छ भने चलचित्रमा प्रवल कोइराला र राजेश विशुरल सह निर्माताको रूपमा रहनेछन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल नेटबल संघको आयोजनामा 'दक्षिण एसियाली नेटबल च्याम्यिनसिप' हुँदै

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल

छायांकनमा लघु चलचित्र ‘सल्युट’..

  • ३१ भदौ, २०७६

चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु चलचित्र ‘सल्युट’ बन्ने भएको छ । गत शुक्रबार शुभमुहूर्त गरिएको

बिन्दु बिक बचाउ अभियानमा गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराको सहयोग

  • २९ भदौ, २०७६

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा