युट्युबको ट्रेण्डिङ्गमा ‘रातो टिका निधारमा’ को शीर्ष गीत ...(भिडियो सहित)

आउदो  असोज १० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र  ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक भएको छ ।  सार्वजनिक भएसंगै दर्शक श्रोता तथा संगीत प्रेमीहरुको मन जित्दै चलचित्रको यस गीत युट्युबको ट्रेण्डिङ्ग नम्बरमा रहेको छ। निकै राम्रा र प्रसंसनिय प्रसंसा बटुल्दै गीत यो समाचार तयार गर्दा सम्म युट्युबको ट्रेण्डिङ्ग १४ नम्बरमा रहेको छ। अशोक शर्माको निर्देशन रहॆको चलचित्र यस गीतमा निर्देशक शर्माकै छोरा अंकित शर्मा र नायिका साम्राज्ञीको आकर्षण नृत्य रहेको छ । करिब एक दशक अगाडिको सुपरहिट चलचित्र  ‘अल्लारे’ को सदाबहार चर्चित अनि लोकप्रिय गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरि टायर परिएको यस  रिमेक भर्सन गीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको छ भने गीतको ओरिजिलन भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको छ ।  गीतको रिमेक भर्सनमा पुरानो गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले नै यस नया भर्सन गीतलाई  रि-एरेञ्ज गरेका हुन् । गीतका सर्जक भने शहदेव ढुंगाना हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्की लगायतका कलाकारहरु समेत फिचरमा रहेको छ ।

एए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको र वैदेशिक रोजगारीको कथालाइ चलचित्रको मुख्य बिषयबस्तु बनाई तयार गरिएको यस चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । अंकित शर्माको यो डेब्यु चलचित्र रहेको छ भने यस चलचित्रमा निर्देशक शर्माकै छोरी कृति शर्मा र शर्माको श्रीमती किरन शर्माले निर्माण गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

“छक्का पन्जा २” युट्युबमा सार्बजनिक, युट्युबको टेण्डिङ्गमा... (पुरा चलचित्र सहित)

  • ७ असोज, २०७६

युट्युबमा प्रतीक्षारत नेपाली  ब्लकबस्टर  चलचित्र “छक्का पन्जा २”  युट्युबमा सार्बजनिक भएको छ । हलमा रिलिजको करिब २ बर्षपछि यस चलचित्रलाइ

ट्रेण्डिङ्ग ३ मा आर्यन र साम्राज्ञीको " कायरा " ....(पुरा चलचित्र सहित)

  • ४ असोज, २०७६

आर्यन सिग्देल र साम्राज्ञी आरयल शाह अभिनित चलचित्र " कायरा " युट्य़ुबमा रिलिज भएको छ भने चलचित्र रिलिज भए संगै चलचित्रप्रेमीहरुको मन जित्दै अहिले

ट्रेण्डिङ्गमा 'छ माया छपक्कै' को पहिलो गीत 'जुनको जुनेली '..(भिडियो सहित)

  • १६ भदौ, २०७६

दर्शक श्रोताहरुको मन जित्दै चलचित्र " छ माया छपक्कै " को पहिलो गीत " जुनको जुनेली " यतिबेला युट्य़ुबको ट्रेण्डिङ्ग १४ मा बस्न सफल भएको छ । सार्वजनिक