अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक

अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एजे फिल्मस् प्रोडक्शन प्रा.लि.को आयोजनामा ठकुरीको दोस्रो गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक भएको हो । वरिष्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतित्थ्यमा सार्वजनिक गरिएको एल्वममा ‘खुल्लम खुल्ला माया’, ‘चोली दोकानको’ ‘माया रैछ तीनपाने’, ‘मर्न सिकाइदेऊ’, ‘हाई व्युटिफूल’ जस्ता पाँच गीत समावेश गरिएको छ ।निर्देशक रामकाजी घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा गीतकार बीबी थापाले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि राजु सिंहले एल्बममा रहेको गीत सुन्दा गीतमा मिठास रहेको भन्दै गायक, सङ्गीतकार तथा कलाकार अविनाशलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

 कलाकार जयराम सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा एल्बममा रहेको गीत ‘खुल्लम खुल्ला माया…’को भिडियो पनि सार्वजनिक गरिएको थियो ।बीबी थापाको शब्द रहेको यो गीतमा मनोज चौलागाँईको सङ्गीत अविनाश र मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा आयुष्मा ढकाल र अविनाश ठकुरीलाई फिचरिङ गरिएको छ । मरुभूमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको भिडियोको निर्देशन आषिश नेपालले गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक

  • २७ कार्तिक, २०७६

विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा

दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

  • १७ कार्तिक, २०७६

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौंमा

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • १७ कार्तिक, २०७६

तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान