गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत बजारमा आएको छ । गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ । यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।“आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ । 


 
आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् ।म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनय रहेको छ। गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार संगीत सरोबर संग रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’