२१औं संस्करणको इमेज अवार्ड सम्पन्न

इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तररुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगत्को महाउत्सव टुबोर्ग इमेज अवार्डको २१औं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरिएको छ भने हाल उपचारकाक्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरेका हुन्  । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो यो उत्सवमा विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् । कार्यक्रममा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरुमध्येबाट २२ ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ । यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् भने महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो ।

त्यसैगरी, वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् । ‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो । त्यसैगरी, आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात पार्‍यो । सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।‘गलबन्दी’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए । सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो । यस्तै, उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल…’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो । सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो ।

त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर…’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए ।त्यसैगरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए । यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो ।सर्वोत्कृष्ट चलचित्र गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’ चलचित्रको ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त गर्‍यो । त्यसैगरी, चलचित्र ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे ।‘जात्रै जात्रा’ चलचित्रका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर.के मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण नै आफूहरु इमेज अवार्डको २१औं संस्करणसम्म आइपुग्न सफल भएको बताए । उनले गीत–संगीतमा लागेकाहरुकालाई इमेज च्यानलले प्रोत्साहन र हौसलाको बाटो कोरेको बताए । कार्यक्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए ।कार्यक्रमको इमेज च्यानल, इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

  • १ कार्तिक, २०७६

नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल

छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न

  • २८ असोज, २०७६

 छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न भएको छ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९

आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिले करिश्मा मानन्धर सम्मानित

  • ६ असोज, २०७६

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा