कमेडी च्याम्पियनमा फिजिकल अडिसन दिई छानिए टप २४

पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसंगै नेपाल भित्रिएका एडभेन्चरस शोले दर्शकको साथ पाउँदै टीआरपी बढाउँन मदत गरिरहेका छन् । तर , कमेडी शो भने निकैकम छ । दशक अगाडी तीतो -सत्य , मेरी बासै र जिरे खुर्सानी आउने समयमा परिवारनै टिभीको लागि समय छुट्याउथिए । तर , पछिल्लो समय यतिबेला समय फेरिएको छ । किनकी सिरियल त छैनन् नै नयाँ हास्यकलाकारले पनि दर्शकको मन जित्न सकेका छैनन् ।मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै किरण केसी , राजाराम पौडेलपछी टिभीमा उदाएका दीपकराज गिरी , जितु नेपाल , केदार घिमिरे , सिताराम कट्टेल , दीपाश्री निरौला , कुन्जना घिमिरेपछी कमेडीमा ‘भद्रगोल’ को अघिल्लो टीम बाहेक अन्यले दर्शक माँझ परिचय बनाएका छैनन् । या , भनौ दमदार कमेडियन आएका छैनन् । यहि अभावलाई पनि केहि परिपुर्ती गर्ने उदेश्यको साथ् ‘कमेडी च्याम्पियन’ आउने भएको छ । केहि समय अगाडी घोषणा गरिएको यस रियालिटी शोले अघिल्लो साता मात्रा डिजिटल अडिसनसंगै फिजिकल अडिसन गरेर टप २४ छनौट गरेको छ ।


डिजिटल अडिसनमा मोबाइल एप , वेबसाइट , सामाजिक सञ्जाल पेजसंगै रेडियो अडियो मार्फत सहभागी दुइ हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको हो । गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायक माँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई को निर्णायक मण्डलले छनौट गरेको थियो । २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जिलिंग र असामका रहेका छन् । छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्यबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो बिशाल भण्डारीको निर्देशनमा तयार हुने छ ।

पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ , जसलाई शान बस्न्यातले लेख्नेछन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेर्नेछन् ।
साभार : जय होस् 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना