सयको नोटमा बुद्धको तस्बिर

नेपाल राष्ट्र बैँकले मंगलबारदेखि सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ।  बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा,अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ।  सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। यस्तै नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको  मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा रहेको छ।  

नोटमा अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध समेत लेखिएको छ भने अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला राखिएको छ  ।  त्यतिमात्रै होइन अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप राखिएको छ। नोटलाई झट्ट हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र राखिएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना