बलिउडलाइ टक्कर दिने ‘च च हुई’को दोस्रो गीत ‘जवानी’ सार्वजनिक... (भिडियो सहित)

चलचित्र  ‘च च हुई’को दोस्रो गीत  ‘जवानी’  सार्वजनिक भएको छ । सार्वजनिक ‘जवानी’ बोलको गीत आइटम फ्लेबरको रहेको छ भने यस गीतमा नायक आर्यन सिग्देल र एलिशा शर्मा फिचर्ड रहेका  छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार यस गीतले बलिउड चलचित्रको आइटम गीत भन्दा कम छैन । कोरियोग्राफी र आर्यन र एलिशाको ग्लामर अवतारले गीतले बलिउडलाइ टक्कर दिने लायकको बनेको छ ।
निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रचन रहेको यस गीतमा  रोशन थापाको  संगीत रहेको छ  । गायनमा सुमन गुरुङ र   रोशन थापाको गायन रहेको छ । 

 

निर्देशक साम्तें भुटियाकै निर्देशन तथा सम्पादन रहेको यस चलचित्रमा सुशन प्रजापतिको छायाँकन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् भने   राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने चलचित्रमा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ । रोमान्टिक कमेडी जनरमा तयार यस चलचित्रलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका छन  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’