उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक.. (भिडियोसहित)

पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो ।फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता/दर्शकमाझ ल्याएको उमेश राईले बताए । यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताए । कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’