महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी... (भिडियो सहित)

काठमाडौँ, असोज १८ – निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गरे । महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ । प्रहरी स्रोतले उजुरीपछि थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने आफ्नो बोलीको खण्डनन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका थिए ।बलात्कार आरोप लागेपछि महराले नेकपाकाे सुझावकाे आधारमा सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए ।महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ ।रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ ।
साभार:A toZसमाचार 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रताप दासको नया गीत ' हिमाल हौ तिमि ' मा अन्जली र राजको रोमान्स ... (भिडियो सहित)

  • १ मङ्सिर, २०७६

गायक प्रताप दास सुमधुर आवाजमा रहेको बिल्कुलै नया गीत ' हिमाल हौ तिमि ' को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको

चलचित्र 'मखमली मखमली'को ट्रेलर सार्बजनिक...(भिडियो सहित)

  • १ मङ्सिर, २०७६

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर

सपन र प्रिन्सको 'लै बरि लै ' सार्वजनिक..... (भिडियो सहित)

  • ३० कार्तिक, २०७६

चर्चित तथा युवापुस्तामाझ लोकप्रिय गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नया गीत 'लै बरि लै  " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।