सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’ सार्वजनिक गरेपछि चलचित्रको टिमले ट्रेलर सार्वजनिक गरिएको छ  । ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरको समेत उपस्थिति रहेको थियो । समाजसेवी नेता गणेश लामा , पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा , काठमाण्डू बहिरा संघकी शिला शर्मा , निर्देशक दीपाश्री निरौला , कलाकार जितु नेपाल लगायतले पनि कार्यक्रममा उपस्थित हुँदै चलचित्रलाई सफलताको शुभकामना दिए ।

सार्वजनिक ट्रेलरमा सुमी मोक्तानले एक्सन अवतारमा प्रस्तुत भएकी छिन भने सुमीसंगै दुइ लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांक पनि ट्रेलर एक्सन अवतारमै देखिएका छन् । ट्रेलरमा पुराना कलाकारहरु युवराज लामा , विजय लामा , धिरेन शाक्यलाइ देखाईएको छ  । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई  रिभेन्ज स्टोरी समेत भनिएको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । 

हरी हुमागाईंको  डेब्यु रहेको यस चलचित्रमा आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ भने  विजय , युवराज र धिरेनको समेत अभिनय रहेको छ । चलचित्रमा राजनराज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर रहेको  छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।