दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी ...(भिडियो सहित)

तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् । उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ । प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।
साभार :सिने मण्डल 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायाधीशद्वारा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

  • २७ कार्तिक, २०७६

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार

कुमारी हल भोलिदेखि बन्द

  • १७ कार्तिक, २०७६

काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलि (सोमबार) देखि बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि

बिहे गर्दै ऋचा शर्मा,साथै पोखरामा ऋचाले दिईन ब्याचलर पार्टी

  • १७ कार्तिक, २०७६

नायिका  ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । ऋचाले आफ्ना नजिकका साथीसँग पोखरामा ब्याचलर पार्टी आयोजना गरेकी हुन् । उक्त पार्टीमा प्रियंका कार्की,