युट्य़ूबमा रिलिज `पण्डित बाजेको लौरी´

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ` पण्डित बाजेको लौरी ´ युट्युबमा रिलिज भएको छ  । गत बर्षको  साउन ४ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्र सामाजिक कथा बस्तुमा आधारित बनेको छ भने यसको मुख्य बिषय भनेको तल्लो जात भनेर हेपिने  बदिनी र मानव समाजमा ठूलो जात भनिने पण्डितहरु बीचको सम्बन्धलाई यस चलचित्रमा देखाउन खोजिएको छ । बाहुनबाद र बाहुनबादले उब्जाएको कुप्रथाको यस चलचित्रको मुख्य बिषय रहेको छ ।


चलचित्रलाई दिपक ओलिले निर्देशन गरेका छ्न भने चलचित्रमा महेश दवाडीको कथा, पटकथा र संवाद रहेको छ  । चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । विदुर गिरीको छायांकन रहेको यस चलचित्रलाई मित्र डि गुरुङको सम्पादन गरेका छ्न । चलचित्रमा विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ भने श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ' ऐश्वर्य' युट्युबमा रिलिज.. (पुरा चलचित्र सहित )

  • २५ भदौ, २०७६

दिपिका प्रसाई,प्रशान्त ताम्राकार र रमेश उप्रेती अभिनित चलचित्र ' ऐश्वर्य' युट्युबमा

प्रदिप,प्रमित अनि मिरुनाको चलचित्र 'रोज ' युट्युबमा रिलिज... (पुरा चलचित्र सहित)

  • ६ असार, २०७६

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको प्रदिप,प्रमित अनि मिरुना अभिनित चलचित्र " रोज " युट्युबमा सार्वजनिक भएको छ ।