दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौंमा शनिबार विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनको आयोजना रहेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रमका बिच पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो ।नेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि यसको उत्थानमा गरेको सहयोगको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक विन्ध्यवासिनी फाउण्डेसन अध्यक्ष लिना रेग्मीले बताइन् । उनलाई नगद रु १५,००० सहित सम्मान पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गायक दिपक खरेललाई नगद रु ५०,००१ सहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७६ र संगीतकार तथा गायक हरी लम्साललाई नगद रु २५,००० सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७६ बाट सम्मानित गरिएको थियो । विविध सांस्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको कार्यक्रममा ‘विन्ध्यवासिनी म्यूजीक अवार्ड २०७६’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । विन्ध्यवासिनी म्यूजीक अवार्डमा कुल ३१ विधा समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक

  • २७ कार्तिक, २०७६

विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • १७ कार्तिक, २०७६

तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै

  • ४ कार्तिक, २०७६

आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे