प्रदिप लकान्द्रीको 'नजिकै बसौ' मा प्रकाश र रिमाको रोमान्स... ( भिडियो सहित )

गायक प्रदिप लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत नजिकै बसौ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी नव गायक लकान्द्रीले काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा ( स्टुडियो भर्सन ) र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन । संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको नजिकै बसौ म्युजिक भिडियो पहिलो अफ़िसिएल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ । गीतका शब्द सानु कोविदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार शाहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन । 

गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन ।सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।  विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।