सरकारद्वारा सातै प्रदेशका प्रमुखलाई पदमुक्त

सरकारले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई आइतबारबाटै लागू हुने गरी पदमुक्त गरेकी हुन् । पदमुक्त हुने प्रदेश प्रमुखहरूमा प्रदेश-१ प्रा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश-२ रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश-५ उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गा केशर खनाल र सुदुरपश्चिम प्रदेशका मोहनराज मल्ल हुन् ।

सरकारले तत्कालिन शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । काँग्रेस नेता मिनेन्द्र रिजाल, प्रबक्ता विश्वप्रकाश शर्मालगायतले सरकारले दलगत स्वार्थमा लागेको प्रतिक्रिया दिएका छन् ।संसदीय चुनाव सम्पन्न भएपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई काम चलाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् ।

  • २७ कार्तिक, २०७६

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग

‘बुलबुल’ का चोपेंद्र अब ‘अन्तरे’बन्दै

  • २७ कार्तिक, २०७६

सफल चलचित्र ‘बुलबुल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मुकुन भुषाल अर्थात् चोपेंद्र अब नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज

बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • २६ कार्तिक, २०७६

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।