चलचित्र’’आरुसी’’को प्रिमियर अष्ट्रेलियामा हुदै


नेपाली चलचित्रमा छेत्रमा निकै क्षेत्रमा आशा गरियको चलचित्रको नाम हो  चलचित्र आरुसी । आरुसी अब नेपाल बाहिर बाट प्रदशन आउने भएको छ । पहिलो प्रदशन अथवा पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने भएको छ । यही 9 November 2019 समय बेलुका 6:30 बजे Salisbury Hoyts Cinema . South Australia Adelaide प्रिमियर हुने पक्का पक्कि भएको छ । ADFC foot bal group AND whole team ,Grish event entertainment को आयोजनामा हुन गइरहेको  प्रिमियरमा विभिन्न कम्पनि संघ सस्थाहरुले साथ दिनुको भएको छ Sponsor by AUSSIZZ MIGRATIONS EDUCATION CONSULATNTS.SIPPORT BY Bise ,supported by ADFC foot bal group AND whole team and captain Bishal magar and ADFC GROUP and AHIMSA KA ADHAKCHAYA BIRKHA GURUN , Grish event entertainment AND ADHAKCHAYA GAGAN GIRI  ..यति बेला आफ्नो चलचित्र आरुसी प्रिमियरको लागी नायक इशक राई अष्ट्रेलिया पुगी सक्नु भएको छ । चलचित्र नायक इशक राई सम्पूर्ण सहयोगी हातहरुलाई धन्याबाद दिदै आफ्नो चलचित्र प्रोमोसनको लागी दौडी रहनु भएको छ ।

 

चलचित्र’ ‘आरुसी’’ मार्फत नेपाली चलचित्र छेत्रमा इन्ट्री गर्नु भएका नायकलाई झट्ट हेर्दा कोरियन लुक्सका र निकै चकलेटी अनुहार भएका नायक देखिन्छ र इशक राई सोहि कारणले गर्दा पनि सबैको नजरमा परेका छन । नेपाली गीत संगीत छेत्रमा राम्रै चर्चा कमाउन सफल भएका गायक तथा नायक नेपाली चलचित्र छेत्रमा पनि चर्चा पक्कै कमाऊछ भन्ने हरु धेरै छन् । अब भने अष्ट्रेलियामा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बैनी हरुको मायाको आशा गर्दै केहि समय अष्ट्रेलियामा रहेर अरु देशमा आफ्नो चलचित्र प्रदशन गर्ने जानकारी दिनु भएको छ । निर्देशक उदय सुब्बाद्वारा निर्देशित चलचित्र  ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका कोरियन स्टाइलका इशकले भने, ‘यो मेरो डेब्यु चलचित्र  हो, त्यसैले मिहिनेत गरिरहेको छ ।’ उनले चलचित्र  ‘आरुसी’बाट दर्शकको मन जित्न सक्ने समेत बताएका छन् ।


करिब १ करोडको लगानी रहने भनिएको चलचित्र  ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ । उक्त यस चलचित्रलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् ।

  • २७ कार्तिक, २०७६

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग

‘बुलबुल’ का चोपेंद्र अब ‘अन्तरे’बन्दै

  • २७ कार्तिक, २०७६

सफल चलचित्र ‘बुलबुल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मुकुन भुषाल अर्थात् चोपेंद्र अब नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज

बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • २६ कार्तिक, २०७६

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।