एक योद्धा अवतारमा प्रदिप,‘प्रेम गीत-३’ को मोसन टिजर सार्वजनिक...(भिडियो सहित)

चलचित्र ‘प्रेम गीत-३’ को मोसन टिजर सार्वजनिक भएको छ । प्रदिप खड्का अभिनित यस चलचित्रको टिजरमा नायक प्रदिपलाइ मात्र फिचर गरि देखाएको छ भने टिजरमा प्रदिप रिसाएको र लडाईमा सामेल भएको जस्तो देखाईएको छ साथै प्रदिपको पहिरन पनि राजा महाराज र राजयुद्दमा लगाइने जस्तो देखाईएको छ । उनलाई एक योद्धाको रुपमा स्तुत गरिनुको साथै रगतले लतपतिएको अनुहारमा बद्लाको भावना र आक्रोश बढी देखिएको  छ । लामो कपाल पालेका प्रेम हातमा बन्चरो बोकेर  घोडामा सवार हुँदै कतै आक्रमण गर्न गैरहेका छन् भन्ने टिजरबाट बुझ्न सकिन्छ । यहि कार्तिक २२ गतेबाट फ्लोरमा जाने यस चलचित्रको छायांकन अगाबै प्रदर्शन मिति तय गरेको छ भने चलचित्र  आउदो चैत्रको २८ गते रिलिज हुने पक्का भएको छ  । चलचित्रमा सदाझैँ गीत अर्थात् नायिका भने फरक फरक रहने गरेको छ भने प्रेमको भूमिका प्रदिप बाहेक अरु फिचर गरिएको छैन । यस चलाह्चित्रमा पनि नव गीत अर्थात् नायिका रुपमा क्रिस्टिना गुरुङ प्रस्तुत हुँदैछिन । उनी गीतका लागि आव्हान गरिएको अडिसनबाट अन्य सयौ प्रतिष्पर्धीहरुलाई पछि पार्दै छानिएकि हुन् ।

आशुसेन फिल्मसको ब्यानरबाट निर्माण हुदै गरेको यस चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् भने चलचित्रलाई निर्माण पनि सन्तोष सेनले गर्दै छन र चलचित्रको कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन रहेका छन् ।  कुमार सेन र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको यस चलचित्रमा  प्रदीप र क्रिस्टिनाको साथै  शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।