न्यायाधीशद्वारा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार (हिजो) अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो। यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो अन्तरिम आदेशका साथै रिट निवेदन मंगलबार खारेज भएको छ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गरेकी थिईन् । सो निवेदन मंगलबार खारेज भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुमारी हल भोलिदेखि बन्द

  • १७ कार्तिक, २०७६

काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलि (सोमबार) देखि बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि

बिहे गर्दै ऋचा शर्मा,साथै पोखरामा ऋचाले दिईन ब्याचलर पार्टी

  • १७ कार्तिक, २०७६

नायिका  ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । ऋचाले आफ्ना नजिकका साथीसँग पोखरामा ब्याचलर पार्टी आयोजना गरेकी हुन् । उक्त पार्टीमा प्रियंका कार्की,

गायक दुर्गेश थापा पक्राउ... (भिडियो सहित)

  • ५ कार्तिक, २०७६

केहि दिन अघि मात्र प्रहरीमा उजुरी परेको गायक दुर्गेश थापा पक्राउ परेका छन् । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई